जोखिम बढेसंगै परिक्षणलाई तिव्रता, ४१ जनाको स्वाब परिक्षणको लागी नमुना संकलन

२०७७, ५ जेष्ठ सोमबार २०:३६

भविन्द्र गौतम, पाल्पा । दिन प्रतिदिन कोरोना संक्रमण बढेसङ्गै पाल्पामा धेरै संख्यामा स्वाव परिक्षण गरिदै छ । भारतीय भुमीबाट धमाधम नेपाली श्रमिकहरु पाल्पा भित्रिन थालेपछी स्वाव परिक्षण तिव्रता दिईएको हो । सोमवार मात्र पाल्पामा ४१ जनाको स्वाब परिक्षणको लागी नमुना संकलन गरिएको हो ।

तानसेनको क्वारेन्टाइनमा सुरक्षा प्रदान गर्दै आएका सुरक्षाकर्मी, भान्से तथा भारतबाट हालै नेपालमा आएका व्यक्ति र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।

अग्रभागमा बसी पाल्पाको मुख्य नाका दोभान खटिएका २० जना प्रहरीहरुको स्वाव परिक्षणको लागी नमुना संकलन गरिएको छ । पाल्पामा यति धेरै मात्रा स्वावको नमुना संकलन गरिएको पहिलो पटक हो । यस अघि लुम्विनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिशन अस्पताल बाट गरी २५ जनाको स्वाव परिक्षण गरिएको थियो । सबै परिक्षणको रिपोट नेगेटिभ आएको थियो । अहिले सम्म विभिन्न पालिकाहरुको क्वारेन्टाइनमा बसेका २५८ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको थियो । २ सय ५८ जना प्रहरी र कोरोना रोकथाममा खटिएका व्यक्तिहरुको कोरोना परिक्षणका लागि पाल्पामा स्वाब संकलन थालिएको छ ।

जिल्ला स्थित कोरोना रोकथाम नियन्त्रण समितीको बैठकले जेठ १ गते भारत बाट नेपालका सबै जना, जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको अनिवार्य स्वाव परिक्षण गर्ने निर्णय अनुरुप स्वाव परिक्षण लाई तिव्रता दिएको हो ।
पाल्पामा स्वाव परिक्षण तिव्रता दिने निर्यण संगै हालै जिल्लामा १५० वटा स्वाव संकलन किट, ६४० वटा आरडिटी किट जिल्लामा आएको छ । हाल भारत तथा जिल्ला बाहिर बाट आएका ७८ जना क्वारेन्टाइनमा बस्दै आएका छन । जेठ २ गते बसेको सर्वदलिय सर्वपक्षिय बैठकले भारत बाट नेपाली श्रमिकहरु जिल्ला भित्रीने क्रम शुरु भएकोले कोरोना रोकथामको लागी १२० वटा आइसोलेसन बेड र ३ हजार वटा वारेन्टाइन वेड निर्माण गर्न पालिकाहरु लाई निर्देशन दिएको छ । पालिकाहरुले प्रत्येक दिन भारतबाट आउने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा अपडेट गराउनु पर्ने, लुकिछिपी तथा पैदल आउने व्यक्तिहरु लाई रोक्न पालिका स्तरमा निगरानी समुह खटाउने निर्यण समेत गरेको छ ।

Comments

ताजा खबर