काेराेना संक्रमितकाे संख्या ३० पुग्याे, एकैदिन १४ जनामा संक्रमित

२०७७, ५ बैशाख शुक्रबार २०:०१

५ बैशाख, पाल्पा ।
चितवन र उदयपुर मा गरि १४ जना नयाँ काेराेना संक्रमितका बिरामी थपिएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेकाे छ । शुक्रबार एकै दिन १४ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका १२ र चितवनका २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


उदयपुरको त्रियुगा नगरपालिका -३ भुल्के मा रहेको मस्जिदमा बसेका १६ जनामध्ये १२ जना भारतीय नागरिकमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हो । त्यसैगरी चितवनको राप्ति नगरपालिकाकाका दुई जनामा काेराेना संक्रमण देखिएकाे छ ।शुक्रवार संक्रमण पुष्टि भएका सबै पुरुष रहेका छन ।

Comments

ताजा खबर