बाल-बालिकाहरूको लागि नि:शुल्क डिजिटल एप सार्वजनिक

२०७६, २७ चैत्र बिहीबार २१:५९

२७ चैत्र, काठमाडौ
कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले नि:शुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । यो एपमा बाल-बालिकाहरूको लागि जनचेतनामूलक कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिनुभएको छ ।
नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपले बाल-बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठयक्रम एप हो । गुगल प्लेस्टोर मा https://play.google.com/store/apps/details?id=com.fest.barnamala लिन्क मार्फत सजिलै खुल्ने यो एपले खेल तथा मनोरञ्जन तथा बौद्धिक विकासमा झन सहज पुग्ने छ । यस एपमा भिडियो मार्फत विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल-बालिकाहरूको ध्यान केन्द्रित गराई, उनिहरुको मानसिक तथा बौद्धिक विकासमा समय लगाउने छ । नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, भने यो एप समय समयमा अपडेट गर्दै नेपालका मौलिक रैथाने भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिनु भयो । हरेक हप्ताको एक पटक अपडेट हुने नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ । कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक पावन भट्टले जानकारीे दिनुभएको छ । फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, लगाएत विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श, इन्टनसिप तथा जागिरको व्यवस्था रहेको कम्पनिले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु