आईफोन टेन एस म्याक्स,आईफोन टेन एस,आईफोन टेन आरका के विशेषताहरू छन ।

२०७५, १२ आश्विन शुक्रबार ११:१०

असोज १२, संजय पौड़याल, जापान  

एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड सपोर्ट गर्ने आईफोन सार्वजनिक गर्दै अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन फोन सार्वजनिक गरेको छ  । सेप्टेम्बर १२, २०१८ सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन टेन एस म्याक्स, टेन एस र टेन आर मोडल सार्वजनिक गरेको थियो  ।

यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु बिक्री वितरण सुरु भइसकेको छ। सर्वश्रेष्ठ आईफोन टेन एस म्याक्स,आईफोन टेन एस,आईफोन टेन आरआर के विशेषताहरू छन।जसले वर्षैपिच्छे मूल्यवृद्धि भएपनि आईकनको बिक्रीमा कुनै कमी आएको देखिँदैन।

आईफोन एटेन एस म्याक्स र टेन एसमा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले धेरै सुरक्षित मानिएको छ ।आइफोन टेन एस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन टेन आरको स्क्रिन ६.१ इन्च छ साथै विभिन्न रङहरुमा उपलब्ध आइफोन टेन एसमा भने ५.८ इन्चको स्क्रिन छ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

आईफोन टेन एक्स म्याक्सका दशवटा नयाँ विशेषताहरु

१.आइफोन टेन एस म्याक्सको स्क्रिन डिस्प्ले ६.५ इन्चको सबैभन्दा ठूलो डिस्प्ले भएको आइफोन ।

२.A१२ बायोनिक चिप, पहिलो ७nm चिप ।

३.आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ।

४.स्मार्ट सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन ।

५.फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध  ।

६.खिचिएको तस्बिरलाई सम्पादन गर्न सजिलो  ।

७.छिटो अनुहार ID फेस आइडी मार्फत फोन अनलक छिटो सुविधा ।

८.आईफोनमा भण्डारणको क्षमताको बृद्धि ।

९.दोहोरो सिम सपोर्ट।

१०.आइफोन टेन को भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता ।

 

आइफोन टेन  एस म्याक्सको स्क्रिन डिस्प्ले ६.५ इन्चको छ । यसमा पछाडि १२ र अगाडि ७ मेगापिक्सल ड्युअल क्यामरा छ ।आइफोन टेन एस म्याक्स सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ साथै आइफोन टेन  एस म्याक्स फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ ।

आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ ।यसमा ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमता छ ।आइओएस १२ सफ्ट्वेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दावी गरिएको छ ।

दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

आइफोन टेन  एस म्याक्सको बजार मूल्य  ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।

आइफोन टेन एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।आइफोन टेन  एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता छ ।आइफोन एक्स एसको स्क्रिन डिस्प्ले भने ५.८ इन्चको छ । अरु फिचर्स भने एक्स एस म्याक्सको जस्तै छन् ।

होम बटन नभएको आइफोन टेन आर विभिन्न कलरहरु निलो, गुलाबी, पहेँलो, सेतो, कालो र रातो रंगमा उपलब्ध छ ।

आईफोन टेन आरमा ३२६ पीपीआई (रेटिना डिस्प्ले)युक्त ६.१ इन्चको स्क्रिन छ । यसमा वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामरा छ ।

६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज अप्सन भएको यो आइफोनमा एक्स एसमा फेस डिटेक्सनको सुविधा छ । यसमा पनि ए १२ बायोनिक चिप जडान गरिएको छ ।

आईफोन टेन आरको बजार मूल्य ७४९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर मूल्य राखिएको छ ।

यसको ब्याट्री अरु आइफोनको भन्दा बढी टिकाउ छ । व्याट्री लाइफ आइफोन एट प्लसभन्दा डेढ घण्टा बढी रहेको एप्पलले दाबी गरेको छ

डस्ट र लिक्विडबाट सुरक्षित रहेको यो आइफोनमा आइओएस १२ सफ्वेयर जडान गरिएको छ । यसमा होम बटन छैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर्स छ । यो निलो, गुलाबी, पहेँलो, सेतो, कालो र रातो रंगमा उपलब्ध छ ।

 

Comments

ताजा खबर